रुकुम चौरजहारी

नेपालगन्ज भेरी अस्पतालका स्वास्थ्यकर्मी माथी कुटपिट डाक्टरले दुईतला माथीबाट हामफाले

रुकुम आठ विसकोट

बाके -नेपालगन्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथी कुटपिट भएको छ ।

कोरोना संक्रमितको मृत्यु भएको विषयलाई लिएर आफन्तहरुले भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथी कुटपिट गरेको खुल्न आएको हो ।

स्वास्थ्यकर्मी माथी कुटपिट सुरु गरेपछि ज्यान जोगाउन चार नर्सले अस्पतालको २ तलामाथीबाट हाम फालेका छन ।

दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तहरुले मान्छे मार्यो भन्दै स्वास्थ्यकर्मीहरुलाई लखेट्दै हातपात गर्न खोजेपछि अस्पतालमा भागाभाग भएको थियो ।

बिरामीको बिषयलाई लिएर आफन्तले स्वास्थ्यकर्मीमाथी हातपात र मुक्का बर्साए कति स्वास्थ्यकर्मीको घाँटी थिच्ने गरियो अनि सबै स्वास्थकर्मी भोलियन्टर भागा भाग गरे ।

अस्पतालमा अहिले पनि कोरोनाका १७५ जना बढी सिरियस बिरामी छन । हामी अहिले अस्पताल बाहिर छौ निकै डराएका छौ मेसु डा. प्रकाश थापाले भने ।

अहिले सबै स्वास्थ्यकर्मीहरुको भागाभाग भएर अहिले अस्पताल बाहिर बसिरहेको मेसु डा.प्रकाश थापाले जानकारी दिए। अहिले अस्पताल बाहिर बाक्लो उपस्तिथिमा सुरक्षाकर्मी पुगेका छन । घटनाको थप विवरण आउन बाकी छ ।