स्वास्थ्यकर्मीमाथी कुटपिट अमानवीय व्यवहार प्रचण्ड
जेठ १४ काठमान्डौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगंज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट अमानवीय व्यवहार भएको बताएका छन ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गर्न प्रचण्डले माग गरेका हुन ।
दाङका एक कोरोना संक्रमिको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि आफन्त लगायतको ठूलो संख्यामा आएकाहरुले स्वास्थ्यकर्मीमाथी कुटपिट गरेका थिए ।
अस्पतालमा अहिलेपनि १७५ जना जटिल बिरामीको उपचार भैइरहेको छ । स्वास्थ्यकर्मी माथी कुटपिट सुरु भएपछि ज्यान बचाउन डाक्टर भोलियन्टर भागा भाग गरेका थिए ।कतिपय स्वास्थ्यकर्मीको घाँटी थिचिएको भन्ने बुझीएको छ । ज्यान बचाउन स्वास्थ्यकर्मीहरु अस्पताल बाहिर बसेका छन ।