गोरखा बारपाकतिर चिकित्सकको टोलि प्रस्थान

जेठ १४ ,काठमान्डौ – गोरखा बारपाक सुलिकोट गाँउपालिकातिर चिकित्सकको टोलि प्रस्थान गरेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार चिकित्सकसहितको टोली बारपाकमा खटाएको छ ।

निर्देशनालयले दुई जना डाक्टर, मेडिकल अधिकृत, स्टाफ नर्स र ल्याब टेक्निसियनसहितको टोली खटाएको हो । गोरखा बारपाकमा अहिले एक हजार बढीमा कोरोना संक्रमित फैलिसकेको छ भने दुई सातामा १३ जनाको मृ,त्यु भएको छ।गोरखाको बारपाकमा करिब ५ हजार बढी बस्ति छ।

यस्तै गोरखा अस्पतालले अनि चार जना स्वाथ्यकर्मी खटाएको छ। अवस्था जटिल बनेपछि निर्देशनालय र स्वास्थ्य कार्यालय गोरखाले चिकित्सकसहितको टोली खटाएको हो। सबै भन्दा बढी सुलिकोट गाउँपालिका१ र २ मा कोरोना संक्रमण देखिन थालेको स्थानीय बताउछन।

गोरखाका स्थानीय भने कोरोन चेक जाँच गराउन नाउने गरेको पाईएको छ। स्थानीयमा कोरोना लागेको भन्ने ठानेपछि उनीहरुमा अपहेलित हुने भन्दै रोग लुकाउने गरेको समेत बताईनछ।

चिकित्सकको टोलि बारपाकका घर–घर पुगेर एन्टिजेन र पीसीआर दुवै विधिबाट कोरोना जाँच गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदवन्दु शर्माले बताए ।

शर्माले भने रोग लुकाएर बस्नु गलत हो हामि सबैलाई परीक्षणका लागि आउन आग्रह गर्दछौ भने नागरिकमाथि रोग लुकाउनु हुन्न भनेन चेतना फैलाउन समेत जनप्रतिनिधि र सामाजिक संघसंस्थालाई आग्रह गर्दछौ।