रुकुम चौरजहारी

संसद पूनःस्थापना भए ओली नै प्रधानमन्त्री कमल थापा

रुकुम आठ विसकोट

जेठ  १४,काठमान्डौ – राप्रपाका अध्यक्ष कमल थापाले संसद् पूनःस्थापना भए केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने बताएका छन् ।

आफूहरुले सुरुदेखि नै चुनाव नै अहिलेको संकट समाधानको उपयुक्त विकल्प भएको कुरा पनि उल्लेख गरेका छन् ।

तर, आफूले यसो भन्दा कतिपयले प्रधानमन्त्री ओलीको पक्ष लिएको भनेर टिप्पणी गरेको पनि थापाले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले यस्तो धारणा राखेका हुन् । उनले भनेका छन्-“चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा @PM_Nepalको पक्ष लियो भन्छन।तर,ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्।चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ,संसद पुनर्स्थापना भएमा पुन:ओली नै प्रम हुन्छन्।यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ”।

गत वर्ष पुष ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा सड्कमा आन्दोलन गरेका राप्रपा अध्यक्ष कमल थापाले भने ओलीले दोस्रो पटक संसद विघटन गर्दा यस्तो बताएका हुन ।