भेरी अस्पतालमा स्वाथ्यकर्मीमाथि भएको आक्रमणबारे छानविन समितिले तयार पार्‍यो प्रतिवेदन

जेठ १६ ,काठमान्डौ – नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणबारे छानविन गर्न गठित समितिले आइतबार आफ्नो प्रतिवेदन पेश गर्ने भएको छ।

गत बिहिबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल मृत्यु भएपछि आफन्तले अस्पतालमा कार्यरत् डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए।

डिल्लीबहादुर रावतका दाजु मानबहादुर रावत, लोकराज र भरत रावतलाई प्रहरीले सोही दिन राति नै पक्राउ गरेको थिय। घटना छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन गरेर तिन दिन भित्र प्रतिवेदन बुझाउन भनिएको थिय।

सरोकारवालासंग छलफल गरि प्रतिवेदन तयार पारिसक्को हुँदा आजै बुझाईने प्रतिवेदन समितिमा बसेका एक सदस्य तथा भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रशाद श्रेष्ठले बताउछन ।उनका अनुसार घटनाका प्रतक्षदर्शी पीडित डाक्टर नर्स अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट र आक्रमणमा संलग्नसंग सोधपुछ भईसकेको छ।

छानविन समितिले शुक्रबारनै अस्पतालबाट सिसिटिभी फुटेज निकालेर प्रहरी प्रशासनलाई बुझाइसकेको थियो। यस्तै पीडित डाक्टर, नर्स र अस्पताल विकास समितिको जाहेरीका आधारमा उनीहरूकाविरूद्ध शुक्रबार नै ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिसकेका छन्।

,