रुकुम चौरजहारी

एमालेले बोलायो स्थायी कमिटी बैठक: थप १२ नेतालाई कारबाहीबारे छलफल हुने

रुकुम आठ विसकोट

जेठ १६ ,काठमान्डौ – नेकपा (एमाले)ले स्थायी कमिटी बोलाएको छ । बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने गरि बोलाईएको श्रोतले जानकारी दियो।बैठकमा पार्टी विवाद र स्पष्टीकरण सोधिएका १२ नेतालाई कारबाहीबारे छलफल हुने बताईएको छ ।

यस अघि बसेको बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको थियो भने उपमहासचिव घनश्याम भुसालसहित थप १२ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । भुसालले हिजोनै फेसबुकमार्फत स्पष्टिकरण दिईसकेका छन्।