संसदमा पेश हुने बजेट अध्यादेशमार्फत ल्याएको भन्दै विपक्षी गठबन्धनको विरोध

जेठ १६ ,काठमान्डौ – काम चलाउ सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लङ्घन गरेको विपक्षी गठबन्धनको बैठकले निष्कर्ष निकालेको छ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको नेपाल -खनाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलले संसदमा पेश हुने बजेट अध्यादेशमार्फत ल्याएको र संसदको उल्लङ्घन भएको निष्कर्ष छ।

प्रतिनिधिसभाको पुन: स्थापाना र प्रतिनिधि सभाका १४९ को हस्तक्षरमा अविकल्प प्रधानमन्त्रीक रुपमा समूहले विधिवत् दाबि गरिसकेको हुँदा देश र जनतालाई दिर्घकालिन असर पर्ने कुनैपनि काम्कार्बाई नगर्न समेत विपक्षी गठबन्धन समूहको बैठकले चेतावनी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन गरेपछि सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको हो ।