आफ्नै श्रीमानले आगो लगाएपछि घाईते लक्ष्मीलाई उपचारको लागि काठमान्डौ लगियो

जेठ १७ ,डोटि – आफ्नै श्रीमानले आगो लगाउँदा जलेर घाइते भएकी डोटी आदर्श गाउँपालिका ४ रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाटलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
गत १२ गते राति पसलमा सुतिरहेका बेला लक्ष्मीमाथि श्रीमान् सन्तोष भाटले ज्वलनशील पदार्थ छर्किएर आगो लगाइएर भागेका थिए ।आगलागीबाट आधा शरीर जलेकी उनलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमान्डौ लागिएको हो ।

लक्ष्मीको घटना थाहा पाएपछि वन तथा बातावरण मन्त्री प्रेमवहादुर आलेले सुर्खेतबाट हेलिकोप्टर पठाउन समन्वय गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

लक्ष्मीलाई उपचारका लागि दिपायल राजपुरस्थित सुजंग अस्पतालमा ल्याइएको थियो । तर अस्पतालले याँहा उपचार हुननसक्ने भन्दै बाहिर लैजान भनेको थियो।
तर लक्ष्मी निम्न परिवारकि भएको हुँदा उनको उपचार गर्ने ठाँउनी थिएन। घटनापछि फरार रहेका लक्ष्मीका श्रीमान सन्तोष भाट हालसम्म पनि सम्पर्कमा आएका छैनन् । उनीविरुद्ध लक्ष्मीका दाइले आइतबार प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
