पराराष्ट्रमन्त्री ज्ञवाली: राष्ट्रपतिको आलोचना गर्नेलाई कहिले कोरोना नलागोस

जेठ १८, काठमान्डौ – कोरोना खोपका लागि राष्ट्रपतिले चालेको पहलमाथि प्रश्न उठेपछि पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएका छन् ।

कोरोनाको खोप सहजको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन सम्वाद गरेकी थिइन् ।त्यस्तै भण्डारीले भारत, अमेरिका, रुस र बेलायतका राष्ट्र प्रमुखलाई पत्रचार गरेकी छन् ।

राष्ट्रपतिको यो प्रयत्‍नलाई कतिपय विपक्षी नेताहरूले अस्वभाविक सक्रियता भन्दै आलोचना गरेका छन् ।परराष्ट्रमन्त्री ज्ञवालीले भने अहिले मान्छेको जीवन रक्षा ठूलो हो यो बेला यस्ता टिप्पणीहरु गरेको देख्दा बिरक्त लागेको छ ।

खोपका लागि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीले आफ्नो पहल गरिरहनु भएको छ ।राष्ट्रपति यो देशको सर्वोच्च पदाधिकारी हो ।

संविधानको रक्षक र देशको अभिभावकको हैसियतले उहाँले आवश्यकता अनुसार आफ्नो हैयिसतलाई प्रयोग गर्नु हुन्छ ।
जहाँ कार्यकारी राष्ट्रपति हुनुहुन्छ, त्यहाँ कुराकानी त राष्ट्रपतिले नै गर्नुपर्‍यो नि ।

प्रधानमत्री र राष्ट्रपतिको बीचमा त कुराकानी हुँदैन । आलोचना गर्नेहरुले सामन्य प्रोटोकल समेत ख्याल नगरेको परराष्ट्रमन्त्री ज्ञवालीले गुनासो गरे ।

बालुटारमा बसेको एमाले स्थायी कमिटीको बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीले भने।ती नेता जसले अत्यन्त छुद्र ढंगले टिप्पणी गर्नु भएको छ (हात जोडेर) मेरो प्रार्थना छ ।

,उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् । उहाँहरुको नातापाता, सरसम्बन्ध कसैलाई पनि त्यस्तो नहोस् ।