महन्त पक्षले पनि उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने
जेठ १८,काठमान्डौ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
आज मात्र अध्यक्ष यादवले महन्त ठाकुर , राजेन्द्र महतो, लक्ष्मनलाल कर्णसहितका चार नेतालाई पार्टीबाट निष्कासन गरेको थियो ।
लगतै ठाकुर समूहले पनि उपेन्द्र यादवलाई निष्कासन गर्ने निर्णय गरेको हो ।जसपा दुई समूहमा विभजान भएको छ ,एकले अर्कोलाई पार्टीको निर्णयविपरित कार्य गरेको आरोप लगाईरहेका छन ।