रुकुम चौरजहारी

उपत्यकामा आजदेखि बिहान ९ बजे सम्म किराना खाद्य पसल खुल्ने

रुकुम आठ विसकोट

जेठ् २१, काठमान्डौ – काठमाडौं उपत्यकामा आज देखि बिहान ९ बजे सम्म किराना खाद्य् पसल डिपार्टमेन्टल स्टोर खुलेका छन।

यस्तै आजबाट सार्वजनिक निर्माणलाई खुल्ला गरिएको छ भने वर्कसप पनि खुल्ला गरिएको छ ।सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए ।

निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइने छ । यस्तै वर्कसप पनि खुला गरिएको छ । यस्तै जारी निषेधाज्ञलाई भने जेठ ३१ गते सम्म निरन्तरता दिईएको छ ।

नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएपछि सरकारले वैशाख १६ गतेबाट  निषेधाज्ञा गरेको थियो । जसलाई निरन्तरता दिईएको छ अत्यावश्यक बाहेकका कुनैपनी सार्वजनिक तथा निजि सवारीसाधन चल्न पाउने छैन्न । हवाई उडानमा तिन देशलाई एक साता अनुमती दिईएको छ ।