कोरोनाको दोस्रो लहरबाट १९ पत्रकारको मृ,त्यु
जेठ २१, काठमान्डौ – कोरोना महामारीको दोस्रो लहरमा हालसम्म देशभरका १९ पत्रकारको निधन भएको छ भने ९ सय पत्रकार सङ्क्रमित रहेको प्रेस काउन्सिलले बताएको छ ।
काउन्सिलले दिएको जानकारी अनुसार अहिलेपनि २ सय पत्रकार सक्रिय सङ्क्रमित छन् । ३० जना अस्पताल भर्ना भएका छन् भने ५ जनालाई आइसियू भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
यस्तै कतिपयले श्रमजीवी पत्रकारको यस्तो अवस्था रहेकोबेला महामारीलाई निहुँ बनाएर सञ्चारमाध्यमका सञ्चालक लगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि नै श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार पत्रकारलाई तलब नदिएको, कामबाट बञ्चित गराउने गरेको र सेवाबाटै हटाउने गरेको पाइएको काउन्सिलले आपत्ती जनाएको छ ।
त्यस्तै कुनै पनि पत्रकारलाई सेवाबाट नहटाउन, कामबाट बञ्चित नगर्न, ऐन, नियमले तोकेबमोजिम तत्काल सेवा–सुविधा उपलव्ध गराउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।
पत्रकारलाई पुनः स्थापना नगरीएमा वा काम नलगाउने गरिएको पाईएमा कान्सिलले स्थलगत निरीक्षण गर्ने पनि काउन्सिलका प्रवक्ता दीपक खनालले बताए ।
समस्या समाधान र अन्य कारबाहीका लागि सम्बन्धित पक्ष र उजुरीकर्तासँग त्रिपक्षीय छलफल गर्नसक्ने बेहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,’ काउन्सिलले सार्वजनिक गरेको विज्ञप्तिमा भनीएको छ ।