रुकुम चौरजहारी

अस्पतालले घर पठाएको कोरोना संक्रमितको बाटैमा मृ,त्युु

रुकुम आठ विसकोट

जेठ २१, ओखलढुंगा – अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृ, त्यु भएको छ ।

सिद्धिचरण नगरपालिका -३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर फर्किँदा बाटैमा मृ, त्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखीएपछि उनलाई ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचार गरिएको थियो।

जेठ ११ गते ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना भएकी ती महिलामा जेठ १४ गते एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित महिलाका परिवारले घरैमा लगेर आइसोलेसनमा राख्ने बताएपछि अस्पतालले डिस्चार्ज गराएको थियो ।

अस्पतालबाट घर नपुग्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाले सहयोग गर्ने जनाएको छ ।