रुकुम चौरजहारी

नेपाल पक्षको जनसंगठनको ओलीलाई प्रश्न : राजेन्द्र महतोको अभिव्यक्तिमा किन चुप

रुकुम आठ विसकोट

काठमान्डौ – नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल निकट १८ जन संगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

१८ जन संगठनले शनिबार साँझ सामूहिक विज्ञप्ती जारी गर्दै महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीको मौनताले उनीमाथिको विश्वास खण्डित भएको उल्लेख गरेका छन् ।

हामीलाई लागेको थियो, आफ्नो मन्त्रिपरिषद्को उपप्रधानमन्त्री महतोबाट आएको यस प्रकारको संविधान विपरित अभिव्यक्तिपछि प्रधानमन्त्री केपी ओलीले ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान’को पक्षमा प्रतिबद्धता व्यक्त गर्नुहुनेछ ।

सामूहिक विज्ञप्तीमा छ महतोबाट ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने अभिव्यक्ति आइरहँदा के तपाईलाई आफ्ना पूर्व मान्यता र अडानहरुले आफैलाई जिस्काइरहेको अनुभूति भएको छैन भनि विज्ञप्तिमा प्रश्न गरिएको छ ।