साना माछा मात्र समाईयको छ अब ठुला माछा पर्छन मन्त्रि बादल ,,
जेठ २३ – ब्यापक रुपमा चर्चामा आयको घटना सुनकाण्डको विषयमा बोल्दै गृहमन्त्री थापा बादलले भने। सुन तस्करीमा साना माछा मात्र समाइयको छ। , अब ठुला माछा पर्छन, लामो समयदेखि भयको सुन्तस्करलाई गम्भीर ढंगले हेरियको छ।
,हिजो मात्रै एकजना माछा फेरि परेको छ । माछा मार्ने काम जारी छ’, थापाले विश्वास दिलाउँदै भने,। ‘अनुसन्धान जटिल भएकाले अहिले नै निचोड निकालेर टिप्पणी गरिहाल्नु उचित हुन्न।
, हामी यसलाई टुंगोमा पुर्याउँछौँ । साढे ३३ किलो सुन तस्करीबारे गृहमन्त्रालयले गठन गरेको छानबिन समितिमाथि विभिन्न प्रश्न उठिरहेका बेला मन्त्री थापाले यस्तो प्रष्टिकरण दिएका हुन् ।
मन्त्री थापाले पत्रकार सम्मेलनमा प्रष्टसँग अहिलेसम्म भुरा र मझौला माछा मात्रै परेको बताए । उनले ठुला माछा पनि पक्राउ पर्ने संकेत गरे । तर ती ठुला माछाबारे थप खुलाउन चाहेनन् ।
साथै थापाले पत्रकार सम्मेलनमा बोल्दै भने गुण्डा पनि तह लगाउछौ। , ‘देशमा भ्रष्टाचार, तस्करी र गुण्डागर्दी छ भन्ने कुरा स्वतसिद्ध हो ।थापाले भने, ‘यी कुरा नियन्त्रण नगरी देशमा विकास सम्भव नै छैन ।मन्त्री थापाले सिन्डिकेटविरुद्ध सरकारले सही थालनी गरेको पनि बताए ।
कानुनी दृष्टिमा सिन्डिकेट अन्त्य भएको छ तर व्यवस्थापनका लागि समय लाग्छ’, उनले भने, ‘अन्य मन्त्रालयहरुसँग समन्वय गरेर यसलाई हामी सदाका लागि हटाउँछौँ मन्त्रि थापाले भने ।