रुकुम चौरजहारी

आज थप ५१५३ कोरोना संक्रमित थपिए १९८ को निधन

रुकुम आठ विसकोट

जेठ् २५, काठमान्डौ – गत पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले गरेको १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् ।

यो संगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ जना पुगेको छ। यस्तै गत २४ घन्टामा ६ हजार ५७० जना डिस्चार्ज भएका छन , यो पछि निको हुनेको संख्या ५ लाख ४ हजार ५३० जना पुगेको छ ।

गत पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १०८ जनाको मृ,त्यु भएपछि हाल नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ८ हजार ९८ पुगेको हो ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये ७६ हजार ५५० जना होम आइसोलेसनमा, ६ हजार १८६ जना संस्थागत आइसोलेशनमा, १ हजार ३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा रहेका छन् ।