suekhet
bheriad

घुसलियको आरोपमा अधिकृत पक्राउ ,,

lekabesi

जेठ २३ – जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेशप्रसाद दास पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीले घूस लिएको अारोपमा अायोगको टोली शाखा अधिकृत दासलार्इ पक्राउ गरेको हो ।

अधिकृत दासले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घूस लिएको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयले जनाएको छ ।

शाखा अधिकृत दास चढेको बा ६च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा ५० हजार रुपैयाँ फेला पारिएको अख्तियारको कार्यालयले जनाएको छ। अधिकृत दासलार्इ बर्दिवास ल्याउने तयारी भैरहेको र थप अनुसन्धान हुने कार्यालयले जनाएको छ ।

दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासको टोलीले जिल्ला अदालत सर्लाहीको अगाडिको चोकबाट पक्राउ गरियको हो ।