फ्रान्सका राष्ट्रपतिलाई सार्वजनिक स्थानमा थप्पड हाने पछि
जेठ् २५, काठमान्डौ – फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनलाई एक व्यक्तिले सार्वजनिक स्थानमा हिडिरहेका बेला थप्पड हानेका छन् ।
देशको दक्षिण-पूर्वी क्षेत्रको औपचारिक भ्रमणको क्रममा हरियो टिसर्ट लगाएको व्यक्तिले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
घटनापछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । थप्पड हान्ने व्यक्तिले म्याक्रोनवाद मुर्दावाद भनी नारा लगाएका थिए ।एजेन्सी