शम्भु थापाको प्रश्न : देउवाले लगेको बहुमतको हस्ताक्षरलाई राष्ट्रपतिले अस्वीकार गर्ने ओलीको कृतेलाई मान्ने
जेठ २६ ,काठमान्डौ – वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालको मूलकानुन संविधानलाईनै हचुवाको भरमा संसद् विघटन गरि एकोबताएका छन्।
संवैधानिक इजलासमा भएको सुनुवाइमा बोल्दै प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक सांसदहरुको पक्षबाट बहस गर्दै उनले राष्ट्रपतिले धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाको दावी पुग्दैन भन्ने आधार के हो भनी प्रश्न गरे ।
बहुमत हस्ताक्षर आउँदा आउँदै आधार पुग्दैन भन्ने आधार के हो ? आधार खोज्न परे संसद जानुपर्दैन ?’ उनले प्रश्न गरे । राष्ट्रपतिले उसले विश्वासको मत प्राप्त गर्न सक्दैन भन्ने अधिकार संविधानले नदिएको समेत थापाले तर्क गरे।
संविधानको धारा ७६ (५) मा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरे राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नैपर्ने बाध्यकारी व्यवस्था रहेको थापाले दावी गरे । अदालतमा १४६ सांसदले हस्ताक्षर गरेर रिट दिनुले पनि धारा ७६(५) को प्रधानमन्त्रीमा देउवाले दावी पुग्ने पुष्टि हुने उनले बताए ।