रुकुम चौरजहारी

योगेश भट्टराईको प्रश्न : माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी

रुकुम आठ विसकोट

जेठ २६ ,काठमान्डौ – नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले पार्टीभित्र छलफल नगरी बाहिरि दलसंग एकाता गर्नुनै पार्टीको एकताको मुख्यजड रहेको र यस्तो कसले र किन गरेको छ भन्दै प्रश्न समेत गरेका छन।

कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

भट्टराईले सामाजिक संजालमा लेक्ग्दै भनेका छन् कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कस्ले, किन र के कालागि गर्दैछ यो सब ?
एमाले एकताको समस्याको मुल जड यहिं भन्दै भट्टराईले ठोकुवा समेत गरेका हुन् । यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी रहेको पनि उनले बताए ।