रुकुम चौरजहारी

श्रोत नखुलेको ३० लाख ७६ हजार रकम बरामद

रुकुम आठ विसकोट

जेठ २६ ,काठमान्डौ – रौतहटबाट प्रहरीले श्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। परोहा नगरपालिका वडान. ९ रामपुरखापबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्गीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको हो।

भारतबाट बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरूमाथि प्रहरीले चेक गरेको थियो। छेक गर्दा उनीहरुको झोलामा ३० लाख ७६ हजार रुपैयाँ बरामद गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।