Simta
Simta
lekbesi

कलाकार निशा घिमिरे बचाऔ अभियानमा सामेल हुन हार्दिक अपिल

Gurvakot

जेठ २७ ,काठमान्डौ – हरेक मान्छेको कुनै न कुनै सपना हुन्छन र ति सपना पुरा गर्न लाखौ माईलको यात्रा गर्नुपर्ने हुन्छ। तर पनि पुरा हुन सक्दैनन् ,जिबनमा कहिले काहिँ नसोचेको घटना मान्छेलाई यसरि घट्छ जसको जिबननै मरण यात्रामा पुग्छ तेस्तै कहानी घटेको छ कलाकार निशा घिमिरे माथि।

निशा नेपालमा थुप्रै गितमा अभिनय गरेकी छिन भने स्टेज प्रोग्रामपनि थुप्रै गरेर दर्शकको मन जित्न सफल मोडल हुन्। मोडल बन्ने उनको सपना थियो ,मोडल संग संगै उनले आफ्नो पढाईलाई पनि अगाडी बढाउने शिल शिलामा दुई वर्ष अघि निशा भारतमा डिप्लोमा पढ्न पुगेकी थिइन्।

त्यहि बेला निशा माथि ठुलो बज्रपात पर्यो ,गाडी दुर्घटनामा परेपछि उनलाई भारतमा पनि उपचार गरिएको थियो ,अन्तत उनलाई आर्थिकका कारण मरे बाँचेपनि नेपालमा लैजाने परिवारले निधो गरेपछि नेपालमा ल्याईयो।

lekbesi

स्पाईनल हेड ईन्जुरी भएकि निशालाई बिर अस्पतालको ट्रमासेन्टर हुँदै विभिन्न अस्पतालमा उपचार गरिएपनि अझै सन्चो हुन् सकेको छैन। अहिल उनलाई थेरापी गराउने गरिएको बुबा प्रेम प्रसाद घिमिरेले बताउनु भयो।

नेपालमा उनको उपचार भएपनि उनलाई हाल सम्म सन्चो हुन सकेन। लाखौ पैसा अस्पतालमा खर्च गरेपनि निशालाई अझै होस् आउन सकेन,उनि बोल्नपनि सक्दिनन हाल भैंसीपाटिमा सानो टिनले बारेको झुप्रोमा नाजुक अवस्थामा निशालाई बचाउने आशामा उनको परिवार बसिरहेको छ।

आर्थिक संकलन गर्नसके निशालाई सन्चो हुनसक्ने अस्पताल श्रोतले बताएको निशाका बाबु प्रेम प्रसाद घिमिरेले रंग दर्पणलाई बताउनुभयो। निशाको ज्यान बचाउन सबैहामि लागि परौ,यो दैबको लिला सबैमाथि पर्ने गर्दछ भोलि तपाई हामिनै किन नहोला भन्न सकिनन्।

एक पटक सबै आम नेपालीमाथि सहयोगको हार्दिक अपिल निशा घिमिरे बचाउ अभियानमा लागौ
सहयोग गर्न चाहनेले निशा घिमिरेका बुबा प्रेम प्रसाद घिमिरेको सम्पर्क नम्बरमा सिधै फोन गर्न सक्नुहुने छ। mobil no .- 9851238952

Esewa id – 9851238952

baink Acount – 0840613205001 sunrise bank guddi khil branch

Simta