रुकुम चौरजहारी

रामबहादुर थापाकि पत्नी सञ्चारमन्त्री बन्दै

रुकुम आठ विसकोट

जेठ २७ ,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खाली रहेका मन्त्रालयमा आज मन्त्री थप्दै छन्। ओलीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकि पत्नी नैनकला थापालाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्री बनाउन लागेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

यस्तै गृहमन्त्रीमा खगराज अधिकारिको चर्चा चलेको छ। यो भन्दा अगाडी ओलीका विश्वासपात्र भक्तपुरका सांसद महेश बस्नेतलाई गृहमन्त्री बनाउने हल्ला चलेपनि उनलाई नक्आउट गरेका छन्।

यस्तै, नारदमुनि रानालाई वनमन्त्री, मोहन बानियाँलाई विनाविभागीय, ज्वालाकुमारी साहलाई कृषि, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, राजकिशोर यादवलाई उद्योग मन्त्री र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ । नवनियुक्त मन्त्रीहरुको अपरान्ह ४ बजे शपथ ग्रहणको तयारी रहेको छ ।