रुकुम चौरजहारी

गण्डकीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री बन्दै

रुकुम आठ विसकोट

जेठ २७ पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढेको छ। जसमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबि गर्ने बताईसकेको ।

१६८(३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए ।तर उनले मत परिणाम प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो।

उपधारा ५ मा भनिएको छ, उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।

कसरि बन्छ कांग्रेसको सरकार अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गरिने छ ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्ने तयारी गरेका छन् । कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद पोखरेललाई मुख्यमन्त्री बनाउन तयार रहेका छन् ।

मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेदकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले कित्ता परिर्वतन गरेर विपक्षी गठबन्धनतिर आएका छन् ।

उनि आजपनि प्रदेश सभाको बैठकमा अनुपस्तिथित भएका थिए। मनाङेले जता बहुमत हुन्छ उसलाई साथ् दिने बताएका छन्। प्रदेश सरकार बनाउन ३१ मत चाहिन्छ । यदि उनले साथ दिएमा मुख्यमन्त्री नियुक्तका लागि चाहिने ३१ मत विपक्षी गठबन्धनसँग पुरा हुने छ ।

यहि समीकरणका साथ् विपक्षि दल मिलेर पृथ्वीसुब्बा गुरुङको आज विपक्षमा मत हालीएको थियो। धारा १६८(५) मुख्यमन्त्री नियुक्त हुन नसकेमा भने संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भंग हुनेछ र गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन घोषणा हुनेछ ।