सुर्खेतका डाक्टरमाथि पनि हातपात तीनजना प,क्राउ
जेठ २७ ,सुर्खेत – कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।
बिहीबार साँझ ६ बजेतिर कार्यालयबाट घर फर्किने क्रममा अपरिचित युवाहरुको समूहले हातपात गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको घर्तीले जानकारी दिए। डाक्टरहरु सामान्य घाइते छन् ,हातपात गर्ने तिन जनालाई नियन्त्रणमा लिईएको उनले बताए।
नियन्त्रणमा लिएईएक युवाहरुले मदिरा सेवन गरेको पाईएको छ। केहि हप्ता अगाडी नेपालगंज भरी अस्पतालका चार स्वस्थ्यकर्मीमाथि कुटपिट भएको थियो।