कर्णालीका चार सांसदलाई सर्वोच्चले गर्यो पुनर्बहाली
सुर्खेत – सर्वोच्च अदालतले एमालेबाट निर्वाचित कर्णाली प्रदेश सभा चार सदस्यहरूको पद पुनर्बहाली गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाको पद पुनर्बहाली गरेको हो।
नेकपा (एमाले) को नेपाल – खनाल समूहका चार सांसदले पार्टीको ह्वीपविपरीत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए। वैशाख १४ मा कारबाहीमा परेपछि सर्वोच्च अदालतमा निवेदन दिएका थिए।