कलाकार निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने ,
जेठ २८,काठमान्डौ – कलाकार निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने बताएको छ। भारतमा डिप्लोमा पढ्न पुगेकी निशा घिमिरे गाडी दुर्घटनामा परेपछि दुई वर्ष पहिलेबाट यो अवस्थामा उनको जिवाब गुज्रेको थियो।
निषेधाज्ञाको बेला काम गर्न नपाई दुखमा परेका कलाकार मोडलहरुलाइ चर्चित निर्देशक शिव विकले राहत वितरण गर्दै गरेका थिए। त्यहि बेला शिव विकले निशाको बुबा प्रेम प्रसाद घिमिरेलाई भेटेर खाद्यान सहित रु १० हजार सहयोग गरेका थिए।
विकले निशाको हालतबारे सामाजिक संजालमा तस्विर पोस्ट गरेपछि रंग दर्पणले समचार पोस्ट गरेको थियो। लगतै निशाको बुबासंग सम्पर्क गरि आर्थिक सहयोग उठाउने र उपचार गर्ने तयारीमा जुट्न आवहान गरेपछि सामाजिक संजालभरि निशाको उपचारमा सहयोगको अपेक्षा गर्दै समचार भिडियो प्रशारण भएका थिए।
चौतर्फी समचारमा अनिशाको हालतको बारेमा थाहा पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेले बिहिबारनै उद्धार गरेकी हुन् । नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले निशाको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा समेत पोष्ट गरेका थिए ।
भारतमा दुर्घटना भएकि निशालाई भारतमा पनि उपचार गरिएको थियो। आर्थिक अभावका कारण निशालाई परिवारले नेपाल ल्याएर काठमान्डौको ट्रमा सेन्टर लगायतका अस्पतालमा उपचार गरेको थियो।
दुई वर्ष अघिबाट उपचार गरेपनि निको नभएपछि डाक्टरको सल्हामा परिवारले निशालाई दैनिक थेरापी गराउने र औषधि खुवाउने गरेको थियो।निशालाई स्पाईनल हेड ईन्जुरी भएको डाक्टरहरुले बताएको बुबा प्रेम प्रसाद घिमिरेले बताए।
निशा अहिले बिलना पनि सक्दिनन भने मान्छे समेत चिन्दिनन ,मात्र उनको शरीरमा छाला र हड्डी मात्र देखिन्छ। निशाको पहिलेको मोडल यात्रा र अहिलेको बिरामीको कारण देख्दा जोकोहीको पनि आँखामा आँशु झर्छ।
ललितपुरको कालेश्वर ७ मा जन्मीएकि निशाले करिब दुई दर्जन म्युजिक भिडियो टेलिसिरियलमा काम गरेकी छिन भने भोजपुरी फिल्म ‘मधेसी पुत्र २ मा काम गरेकी छिन। मध्यमवर्गकि निशाको परिवार निशालाई यौटा टिनको छाप्रोमुनि राखेर भैंसेपाटिमा बसिरहेका छन्।