तिन हजार जरिवाना तिरेर छुटे गणेश लामा
जेठ २८ ,काठमान्डौ – हिजो पोखरामा पक्राउ परेका नेपाली कांग्रेसका गुण्ड नाईके गणेश लामा तिन हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन्।
गण्डकी प्रदेशमा भईरहेको राजनीतिक चहलपहलको लागि दीपक मनाङेलाई भेट्न आएका लामासहित ३ जनालाई ३ / ३ हजार जरिवाना लिएर छाडीएको जिल्ला प्रशाशन कार्यालय कास्कीले जनाएको हो।
गणेश लामा पक्राउ परेपछि नेपाली कांग्रेसले बिना कारण पक्राउ गरि एकोभन्दै घोर भत्सना गरेको थियो।