राउटे समुदायले आफ्ना माग राख्दै मुख्यमन्त्री शाहीलाई भेट्न पुगे मुख्यमन्त्रीको कार्यालयमा
सुर्खेत – नेपालको लोपन्मुख राउटे समुदायले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसंग भेटघाट गरेका छन्। उनीहरुले भेटमा मुख्यमन्त्रीसंग विभिन्न माग राखेका छन्।
त्यस्तै राउटे समुदायले दैनिक गुजारामा कठिन भएको हुँदा तत्काल आफ्ना समस्या टार्न माग गरेका छन्। राउटे समुदायलाई कुनैपनि समस्या आउन नदिने मुख्यमन्त्री शाहीले प्रतिबद्दता गरेका छन् भने तत्काल उनीहरुलाई कह्द्या सामाग्री उपलब्ध गराउन सम्बन्धित मन्त्रालयसंग माग गरेका छन्।
जंगलमा फिरन्ते जीवन बिताईरहेको लोप्पन्मुख राउटे जाति नेपालको कर्णाली प्रदेशमा बस्ने गर्दछन। हाल उनीहरु कर्णालीको गुर्भाकोट नगरपालिका ११ आँपसोती जनैघाट भेरिकिनारामा बस्दै आईरहेका छन्।
केहि हप्ता अगाडी मात्र राउटे दुई युवतीमा गुर्भाकोट नगरपालिकाका तिन जना युवाले यौन दुर्व्यवहार गर्दै उनीहरुको भिडियो बनाई सामाजिक सञ्जालमा अराखेका थिए।
युवतीमाथि दुर्व्यवहार गर्ने तिनजनालाई प्रहरीले पक्राउ गरि कारबाही अगाडी बढाएको छ। आफ्नै मेनत गरेर जंगलमा काठका भाँडा कुँडा निर्माण गर्ने र बेच्ने जंगलकै बासस्थान गर्ने राउटे समुदाय पछिल्लो समय मानिसहरुसंग घुलमिल गर्दै आईरहेका देखिन्छन।