रुकुम चौरजहारी

गोरखा सुलिकोट गाउँपालिकालाई कोरोनाका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

रुकुम आठ विसकोट

गोरखा  – बारपाक सुलिकोट गाउँपालीका गोरखालाई आज कोरोना संक्रमन रोकथामका  विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

नेकपा माओवाद केन्द्रका प्रबक्ता राष्ट्रियसभा सदस्य नारायनकाजी श्रेष्ठ ,नेमाकेका केन्द्रीय सदस्य संघीय प्रतिनिधि सासंद चुडामणिा खड्का युवा नेता धिरज उपरकोटिको पहल र   राष्ट्रिय ट्रमासेन्टरका स्वास्थ्यकर्मी सैलेस थपलियाको समन्वयमा उपलब्ध स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष बिष्णु भट्टलाई उपलब्ध गराईएको छ ।

वडा अध्यक्ष नर बहादुर गुरुङ नेकपा माओवादी केन्द्र बारपाक सुलिक‍ोट कार्यल सचिव जित बहादुर गोरखा ताकुकोट सेवा समाज काठमाडौका सल्लाहकार पुर्व अध्यक्ष रेसम श्रेष्ठ, लगायतको टिमले बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट ,उपाध्यक्ष सनमाया गुरुङ ,प्रसाशकिय अधिकृत गौतम भन्डारीलाई स्वास्थ्य समाग्री उपलब्ध गराएको हो ।

गाउँपालीकालाई एन्टिजिन टेस्ट किड ५० पिस ,पल्स अक्सिमिटर २ , थर्मनगन १ गमबुस्ट ७ , एन95 माक्स एक सय पिस अक्सिजन सिलिन्डर ठुलोमा २ अक्सिजन फ्लोमिटर २ र सर्जिकल माक्स ११ सय पिस उपलब्ध गराईएको हो ।

पछिल्लो समययता गोरखा बारपाकमा कोरोनाका बिरामी बढ्न सुरु गरेपछी गाउमै स्वास्थ्यकर्मी पुगेर एन्टिजिन जाँच सुरु गरेको छ ।