surkhet

रनिङ्ग शिल्डको उपाधि सुर्खेतको हातमा

surkhet

सुर्खेत, २५ जेठ ।
सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भयको कर्णाली प्रदेशस्तरीय दशौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सुर्खेतले हात पारेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जुम्ला द्वितीय भएको छ भने सल्यानले तेस्रो स्थान हासिल गरेको हो ।

Gorkha

तीन दिनसम्म चलेको प्रतियोगितामामा प्रथम, द्वितीय र तृतीय हुने जिल्लालाई क्रमशः २०, १५ र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पुरुष कपर्दीतर्फ सल्यान प्रथम र द्वितीय दैलेख भए भने महिला कपर्दीतर्फ सुर्खेत प्रथम र द्वितीय पनि दैलेख नै भयो । त्यस्तै, महिला भलिबलमा सल्यान प्रथम, द्वितीय कालिकोट र तृतीय स्थान जुम्लाले हात पा¥यो । पुरुषतर्फ भने सल्यान प्रथम, द्वितीय रुकुम र तृतीय स्थान सुर्खेतले हासिल ग¥यो ।
भलिबल (छात्रा) तर्फ सल्यानकी लिला केसी र छात्रतर्फ सल्यानकै रञ्जित विक उत्कृष्ट खेलाडी घोषित भएका थिय । कपर्दीमा छात्रातर्फ सुर्खेतकी देविका थापा र छात्रतर्पफ सल्यानका नवराज क्षेत्री उत्कृष्ट घोषित भएका हुन् । कँरातेमा उत्कृष्ट छात्रा एलिना थापा मगर र छात्रतर्फ चिरन थापा उत्कृष्ट खेलाडी घोषित भएका हुन् । त्यस्तै, तेक्वान्दोमा छात्रतर्फ लक्ष्मण गुरुङ्ग (दैलेख) र छात्रातर्फ मनिषा विक (सुर्खेत), उसु खेलमा छात्रतर्फ कृष्ण सिं (सुर्खेत) र छात्रातर्फ मालिका सार्की (सुर्खेत) उत्कृष्ट घोषित भएकि थिइन ।
त्यस्तै, एथ्लेटिक्सतर्फ नवराज रावत (जुम्ला) उत्कृष्ट खेलाडी भए । खेलकुद पत्रकार मञ्च सुर्खेत शाखाले जुम्लाका खेलाडी रावत र भलिबल खेलाडी चरित्र शाहीलाई (कालिकोट) नगदसहित सम्मान गरेको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रदेशसभा सांसद गुलाबजंग शाहले खेलकुद क्षेत्रले हरेक व्यक्तिलाई अनुशासित बनाउने भएकाले यसको विकास गर्नुपर्नेमा जोड दिए । खेलकुदले गाउँदेखि जिल्ला हुँदै समग्र देशको पहिचानलाई उजागर गर्ने भन्दै उनले सहभागी खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्मको खेल खेल्नका लागि शुभकामना दिए ।
खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य शान्ति सिंहले यही जेठ २४ र २५ गते काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा धेरै पदक कर्णालीले नै जित्ने विश्वास व्यक्त गरिन् ।

salyan