कतार मा नेपालि नागरिकलाई मृत्युदण्डको सजाय
जेठ,२५ सुर्खेत
–कतारमा एक जना नेपालीलाई कतारी नागरीकको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ ।
नेपाली नागरिक अनिल चौधरीलाई कतारी नागरिक उमिर मोहम्मद उमिर अल रम्जानी अल नाउमीको हत्या गरेको आरोपमा कतारको प्राइमरी कोर्टले मृत्युदण्डको सजाय सुनाएको हो ।
कतारी नागरिकको हत्या आरोपमा महोत्तरी औरहीका चौधरी सन् २०१७ को अप्रिलमा पक्राउ परेका थिए ।
प्राइमरी कोर्टका तीन जना न्यायाधीशको संयुक्त इजलासले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
अहिले उनलाई कतारको सेन्ट्रल जेलमा राखिएको छ । अदालतको फैसलाविरुद्ध चौधरीको जीवन रक्षाको माग गर्दै नेपाली दूतावासले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
केहि महिना अगाडी मात्र श्रममन्त्रि गोकर्ण बिस्टले बिदेशमा जेल परेका नागरिकको मुद्दा सरकारले हेर्दिने घोसना गरेका थिय ।