गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन। मुख्यमन्त्रीमा नियुक्त पोखरेलले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
प्रदेश प्रमुख पौडेलको आह्वान अनुसार हिजो नेपाली कांग्रेस संसदीय दलका नेता नेपालीले प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन सहित प्रदेश प्रमुख कहाँ पुगेका थिए।