निर्वाचन आयोग निरंकुश शासकको छायाँमुनि टाक्सियो :बाबुराम भट्टराई
काठमाडौं – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीतन्त्रमा संविधान, लोकतन्त्र सँगसँगै राजनीतिक दलहरु पनि समाप्त हुने बताएका छन् ।
त्यस्तै भट्टराईले निर्वाचन आयोगलाई निरंकुश शासकको छायाँमुनि टाक्सिएको बताए ।
उनले आयोगले नेकपापछि आफ्नो पार्टी जसपालाई पनि हात्ती र हात्तीछाप चप्पल उस्तैउत्सै हो भन्ने सिद्धान्त प्रयोग गरेको बताएका छन् ।
प्रतिगमनको रथ त्यत्तिकै रोकिने छाँटकाँट नभएको पनि उनले बताएका छन् ।
उनले लेखेका छन्-“ओलीतन्त्रमा संविधान,लोकतन्त्र संगसंगै राजनीतिक दलहरू पनि समाप्त हुने भए।निरंकुश शासकको छायामुनि टाक्सिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि’हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेछ।प्रतिगमनको रथ त्यतिकै रोकिने छाॅटकाॅट छैन है!