एसइई को नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारि

जेठ ३१ ,काठमान्डौ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको छ ।

जसको लागि राष्ट्रिय परीक्षा बोर्डले आगामी असार २० भित्र विद्यार्थीको प्राप्तांक जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन देशभरका विद्यालयलाई सर्कुलर गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एक सोमबार सूचना प्रकाशित गरी कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ बमोजिम प्राप्तांक पठाउन निर्देशन दिइएको छ ।

त्यस्तै बोर्डले विद्यार्थीलाई नम्बर दिँदा विश्वसनीय हुनुपर्नेसमेत जनाएको छ । आन्तरिक मूल्याङ्न गर्न मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर उनीहरुले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको हो ।

गत वर्ष विद्यार्थीहरुलाई बढाएर नम्बर दिइएको पाइएको थियो । यसपटक पनि त्यस्तो कार्य दोहोरिएको पाईएमा ईकाई समितिप्रमुखले मूल्यांकन फिर्ता पठाउन सक्ने व्यवस्थासमेत गरिएको छ ।

विद्यालयले पठाएको प्राप्तांक मूल्यांकनको आधारमा कुनै प्राविधिक समस्या नआएमा साउन दोस्रो साताभित्र एसइई) को नतिजा सार्वजानिक गरिने बोर्डले जनाएको हो।