कपिलवस्तु माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्यामा उनकै श्रीमतीले गोलि हान्न लगाएको खुलासा

कपिलवस्तु- माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य नेता दीपक पाण्डेको गोली हानी हत्यामा उनकै श्रीमतीले सुपारी दिएको खुलेको छ।

यो हत्यामा प्रहरीले पाण्डेकी श्रीमती महिमा पाण्डेलाई पक्राउ गरेपछि थप रहस्य खुलेको प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए।

मृतक पाण्डेकी पत्नी महिमा र कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओमप्रकाश यादवको अनैतिक संम्बन्ध भएको थाहा पाएपछि दीपक पाण्डेको गोली हानी हत्या गरिएको खुलेको हो।

यो घटनामा हाल सम १० जनाको संलग्नता रहेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जाकारी गरेको छ । श्रीमान्लाई मार्न श्रीमती महिमाले दुई तिन बर्ष अगाडीबाटनै योजना गराएको समेत खुलेको छ।

उनले यो भन्दा अगाडी पनि केहि मान्छेलाई हत्या गर्न प्रयोग गर्न लगाईएको पाईएको छ। महिमा पाण्डे र ओमप्रकाश यादवको योजनामा पाण्डेलाई कपिलवस्तु नगरपालिका २ का रमजान साह र शाकिर अलीपखियासहित तिन चार जनाले जेठ ५ गते राति गोली हानिएको थियो।

गोलि लागेका पाण्डेलाई उपचारको लागि भैरहवाको मेडिकल कलेजमा उपचार भएको र थप उपचारका लागि हेलिकप्टरमा काठमाण्डौ लैजाँदै गर्दा ज्यान गएको थियो ।

यादवले आफूले घटनामा प्रयोग गरिएको लु१६प ३४९७ नम्बरको पल्सर मोटरसाइकल चलाएका थिए। यादव जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य सहसराम यादवका स्वकीय सचिव हुन्।

त्यस्तै उनि जनता समाजवादी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्बिनी प्रदेश अध्यक्षसमेत हुन्। यादवको साथबाट पेस्तोल, म्यागजिन, २२ म्याग्नमको ६८ राउन्ड गोली बरामद भएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जनाए।

यस्तै रमजान साह मुसलमानको साथबाट मेड इन युएसए पेस्तोल एक थान, म्यागजिन र ८ राउन्ड गोली बरामद भएको छ। उनले पाण्डेलाई मार्न यादवबाट एक लाख रूपैयाँ लिएका थिए। पखियाले पाण्डेलाई मार्न ओमप्रकाशबाट बैनावापत् सुपारी लिने हात हतियार खरिद गर्ने गरेको खुल्ला आएको छ।

उनले गोली चलाएको पेस्तोल पूर्णवीर पाल्पालीको घरमा लुकाएर राखेका थिए।यो घटनामा अन्य विभिन्न सात जना व्यक्ति पक्राउ परे।

पक्राउ परेका व्यक्तिहरूमा कपिलवस्तु नगरपालिका-१ आनन्दबागका ३५ वर्षीय पूर्णवीर पाल्पाली, वडा नम्बर २ का सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका-४ का ज्ञानेन्द्रकुमार पाण्डेय, सोही ठाउँका राधेश्याम चौधरी, कपिलवस्तु-५ का श्रीराम कुर्मी, कपिलवस्तु १ का नरसत अली र वडा नम्बर २ का प्रवीण गुप्ता रहेका छन्।

घटनापछि डिएसपी भण्डारीको नेतृत्वमा ‘माइक ह्वीस्की’ नाम दिएर प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । पक्राउ परेकालाई कर्तव्य ज्यानमुद्दा, हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको छ।

पक्राउ परेका व्यक्तिमध्ये साकिर अली पखिया हातहतियार तथा खरखजना मुद्दामा २०६४ साल वैशाख ५ गते पक्राउ परेका थिए। त्यसबेला उनी दुई वर्ष जेल बसेर छुटेको प्रहरीले जनाएको छ।