विश्वमा सबै भन्दा बढी विहे गर्ने चानाको मृ,त्यु : ३८ श्रीमती ८९ छोरा छोरी

काठमान्डौ – संसारमा सबैभन्दा ठूलो परिवार भएका व्यक्तिको मृत्यु भएको छ। भारतको उत्तरपूर्वी  मिजोरम राज्यका ७६ वर्षीय वृद्ध जिओना चानाको आइतबार मृत्यु भएको बिबिसीले जनाएको छ।

उनका ३८ श्रीमती, ८९ छोराछोरी र ३६ नाति रहेका छन । चानाको मृत्युको खबर मिजोरमका मुख्यमन्त्री जोरमथाङ्गाले पुष्टि गरेका थिए।चाना डायबेटिज र उच्च रक्तचापका बिरामी थिए।

डाक्टरहरूले समाचार संस्था पिटिआइलाई दिएको जानकारीका अनुसार चानाको स्वास्थ्य अवस्था गाउँमै हुँदा बिग्रिएको थियो।

स्वास्थ्य अवस्था बिग्रिएपछि आइतबार साँझ अस्पताल लगिएको थियो। अस्पतालमा पुर्‍याउँदा चिकित्सकहरूले उनको मृत्यु भइसकेको बताएका थिए।

चानानै विश्वमा सबै भन्दा बढी परिवार हुने व्यक्ती हुन भन्ने भने मान्न नसकिने बिबिसीले उल्लेख गरेको छ । चाना जस्तै अन्य ब्यक्तिहरुपनि धेरै परिवार भएको दाबी गर्दछन।

तर एउटा समाचारले उनको ३९ श्रीमती, ९४ छोराछोरी, ३३ जना नातिनातिनी र एक पनाती समेत गरी कुल १८१ जनाको परिवार भएको बताइएको छ।