नारायणी नदीमा पानीको सतह खतराको संकेत् गण्डक ब्यारेजका ३६ वटा ढोका खोलियो
असार १ ,नवलपरासी – लगातारको वर्षाले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि देखिएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
नारायणी नदी आसपासका बासिन्दालाई सतर्क अपनाउन प्रशासनले अनुरोध गर्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिए ।
यस्तै मंगलबार अपराहन्न ४ बजे देवघाट जलमापन केन्द्रका अनुसार पानीको सतह ८ दशमलब २६ मिटरभन्दा माथि पुगेको छ । नारायणी नदीमा पानीको सतह ८ मिटर भन्दामाथि गएपछि खतराको संकेत हो ।
पंगेनीका अनुसार सोमवारदेखि परेको लगातारको पानीका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि क्षति पुग्नसक्ने भन्दै भारतीय पक्षसँगको समन्वयमा सबै ढोका खोलिएको हो । केहि दिनएता परेको निरन्तर अविरल वर्षाले देशभारको जनजीवन क्षति पुर्याएको छ।