Gold
Bangad salyan

रातारात सिन्धुपाल्चोकमा बाढीको वितण्डा पक्की पुल छैनन सञ्चारमाध्याम काटियो

Salyan

काठमान्डौ – अविरल वर्षाका कारण डुबानमा परेको सिन्धुपाल्चोकको मेलम्ची बजार पुरै दुबामा परेको छ। मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्।

हिजोराति करिब सात बजेतिर आएको बाढीले चारवटा पक्की पुल पनि बगाएको छ । मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल पनि बगाएको छ ।

यस्तै बढीले हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ । मेलम्ची आयोजनामा कार्यरत चिनियाँ कामदार बसेको क्याम्प, सशस्त्र प्रहरीको क्याम्प र प्रहरी चौकीमा पनि क्षति पुगेको छ ।

अहिले सम्म के कति क्षति भयो भन्ने अझै जाकारी हुन सकेको छैन ,बाढीले विधुत कट भएको छ भने रेडियो सञ्चारमाध्यामहरु सबै बन्द भएका छन्। लेदो सहितको बाढीले घरहरु डुबानमा परेपछी ज्यान बचाउन मानिसहरु घरको छतमा बसेको पाईएको छ।

उद्दार गर्न सकिने किने विकल्प समेत छैन नेपाली स्सेनाले अहिले उद्दारको लागि दुईवटा हेलिकोप्टर पठाएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाका अनुसार हाल सम्म बाढीले ७ जनाको मृत्यु भएको जानकारी हुन आएको छ ,स्थानीयसंग सम्पर्क गरेर खोजीकार्य र यकिन डाटा निकाल्ने तयारि भईरहेको उनको भनाई छ।