रुकुम चौरजहारी

लमजुङको दोर्दीखोलामा आएको बाढीले हिलेबजारका १३ घर बगायो

रुकुम आठ विसकोट

असार २ लमजुङ – लमजुङको दोर्दीखोलामा आएको बाढीले हिलेबजारका १३ घर बगाएको छ। मंगलबार साँझ ६ बजेदेखि बजारमा खोला पसेको स्थानीय बताउछन।

रातभरी खोलाले बजारकाघरहरु बगाएको थियो भने अहिलेपनि निरन्तर पानि परिरहेको र घरहरु बगाउने ढल्ने क्रम जारि रहेको स्थानीयले बताएका छन्। हाल सम्म कुनैपनि मन्न्विया क्षति नभएको जानकारी हुन आएको छ। बाढीले घर बगाएपछि स्थानीयहरु रातभर स्कुल र बारीको आडमा गएर बस्ने गरेका छन्।

दोर्दीखोलामा आएको बाढीले निर्माण सकिनै लागेका जलविद्युत आयोजनामा पनि क्षति पुर्‍याएको छ। लिवर्टी हाइड्रो पावर र हिमालय हाइड्रो पावरले बनाइरहेका आयोजनामा क्षति पुगेको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए।

लमजुङको जगतमा २ वटा बुङ्गुर फार्म र एउटा कुखुरा फार्म पनि बगाएको छ।यस्तै मर्स्याङ्दी नदीमा आएको बाढीले भुलभुलेमा लेकबेसी पानी सिंचाइ कार्यालय, लेकबेसी पानी उद्योग र एउटा रेष्टुरेन्ट बगाएको लुइँटेलले बताए।