रुकुम चौरजहारी

मेलम्ची बजारस्थित छतमा फसेका चार जनालाई नेपाली सेनाको टोलीले हेलिकप्टरबाट उद्दार गर्यो

रुकुम आठ विसकोट

असार २ ,काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजको छतमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले हेलिकप्टरबाट हवाई उद्धार गरेको छ ।

उनीहरुलाई हेलिकप्टरबाट डोरीको सहायताले उद्धार गरिएको हो । चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु होटेलको छतममा फसेर गुहार मागेका थिए।

होटेलको भागभरि बाढीले दुबेपछि उनीहरु ज्यान बचाउन छतमा पुगेका थिए। सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा मंगलबार साँझ आएको बाढी पहिरोमा परेर अहिले सम्म सात जनाको ज्यान गएको छ।

बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरसहित विशेष तालिमप्राप्त टोली खटाइएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।

त्यस्तै बाढी प्रभावित क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा पनि जाने तयारि गरेको श्रोतले जनाएको छ। सिन्धुपाल्चोकमा गत वर्षको बाढीले क्षतिपुर्याउदा पनि सापकोटा प्रभावित क्षेत्रमा पुगेका थिए।