Gold

प्रचण्डको अर्थमन्त्रीलाई फोन :राहत र उद्धारका लागि तत्काल बजेट निकास गर्न माग

Naumule Migrate

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग तत्काल राहत र उद्धारको प्रयास गर्न आग्रह गरेका छन्।

उनले अर्थमन्त्री विष्णु पौडेललाई फोनगरेर राहत र उद्धारका लागि तत्काल बजेट निकास गर्न आग्रह गरेको उनका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताएका हुन् ।

जवाफमा अर्थमन्त्री पौडेलले आफू तदाकरुकताको साथ लागिरहेको बताउनुभएको जुगल’ले बताए।त्यस्तै देशभरका पार्टीपंक्ति कार्यकर्तासबै बाढीबाट क्षति भएका ठाँउहरुमा उद्दारको काम जुट्न प्रचण्डले आग्रह गरेका छन्।

बाढीपहिरोमा परेर मृ,त्यु भएकाहरूको परिवारलाई राहत दिन तथा घाइतेलाई नि:शुल्क उपचार गर्न प्रचण्डले माग गरेका छन्। केहिदिन दिनदेखि परेको निरन्तर वर्षाले देशभरका विभिन्न जिल्लामा वितण्डा मच्चाउदै जनजीवन प्रभावित पारेको छ।

Naumule Badhipahiro