Simta
Simta
lekbesi

महामारी र दु:ख परेकोबेला नागरिकलाई सरकारको कर तिर्न ताकेता

Gurvakot

काठमाडौं – कोरोना महामारी र बाढी पहिरोको दुखद पिडाको बेला नागरिकलाई सरकारले कर तिर्न ताकेता गरेको छ। सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना समेत जारी गरेको हो ।

आन्तरिक राजस्व विभागले विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

यस्तै २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनु भनिएको छ ।देशभर अहिले कोरोनाको महामारी छ भने केहि दिन यता अविरल वर्षाले सयौको ज्यान गएको छ भने हजारौ घाईते अपाङ्ग अर्बौको क्षति भएको बेला सरकारले कर तिर्न भनिएको हो।

lekbesi

Simta