डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर लगियो ,,
जेठ,२६ काठमाडौं – वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ । देवकोटालाई इच्छाअनुसार जन्मथलो लैजान लागिएको हो ।
उनलाई हेलिकोप्टरबाट बोहोरा गाउँ पुर्याइएको छ । डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए । त्यसअनुसार गोरखा लगेर केहीबेरमै काठमान्डौ फ़र्काईयको छ । पुर्ख्यौली घरमा पुग्दा देवकोटाको मुहार हँसिलो देखिएको थियो । उनलाई भेट्न आएका आफन्तहरुसँग दोहोरो सम्वाद भने भएन ।
पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबारिस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बसन्त देवकोटाका अनुसार डा. उपेन्द्रलाई बेलाबेलामा रोगले च्याप्ने र बेलाबेलामा सुधार भएको जस्तो देखिने गरेको छ ।
तर, शुक्रबार बेलुकीदेखि उनीबारे अप्रिय कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि परिवार पीडामा छ ।
न्यूरो अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै देवकोटाबारे सामाजिक सञ्जालहरुमा सम्प्रेषित खबरमा कुनै सत्यता नरहेको र उनको अहिले सघन उपचार भइरहेको प्रष्ट पारेकाे छ ।
पित्तथैलीमा समस्या आएपछि पाँच महिनाअघि देवकोटा बेलायतमा उपचार गर्न गएका थिए । क्यान्सर पुष्टि भएपछि नेपालमै उपचार गर्ने इच्छा व्यक्त गर्दै गत वैशाखमा उनी नेपाल फर्किएका थिए ।