ज्ञानेन्द्र शाहीले आफुलाई पक्राउ गर्न प्रहरी बोलाए भने मलाई मार म बाँच्न चाहन्न
असार ३ ,काठमाडाैं – सामाजिक अभियन्ता ज्ञानेद्र शाहीले आफुलाई पक्राउ गर्न आफै प्रहरीलाई गुहारेका छन्। आफूले देशमा राम्रो काम गर्न खोज्दापनि विरोध र आलोचना भोग्नुपरेको उनको भनाइ छ।
सत्य कुरा बोल्न पनि झुटको साहरा लिनु पर्ने कस्तो समाजमा जन्मिएछु सत्य कुराको पनि बार -बार स्पष्टीकरण दिनु पर्ने मैले अब मलाई यो देशमा बाँच्नु छैन मा मर्न चाहन्छु भन्दै उनले प्रहरीलाई सामाजिक सञ्जालमार्फत आफुलाई पक्राउ गर्ना अनुरोध गरेका छन।
केहि दिन अगाडी विरेन्द्रनगर सुर्खेतमा स्वास्थ्य सामग्री लगेर पुगेका ज्ञानेन्द्र शाही र स्थानीयबीच झडप भएको थियो। झडपमा शाही समूहका पाँचजनामाथि कुटपिट भएको थियोभने शाही पनि घाईते भएका थिए।
झडप गर्ने दुवै समूहलाई प्रहरीले बोलाएर छलफल गर्दा मदिरा सेवन गरि झडप भएको निष्कर्ष निक्लीएको थियो। दुवै समूहले आ आफ्नो गल्ति स्वीकार गरिसकेका छन्।
तर सामाजिक अभियान्ताको नाममा ज्ञानेद्र शाहीले मदिरा सेवन गरि सुर्खेतका स्थानीय महिला युवाहरुलाई अराजाक ढंगले बोलेको भन्दै उनीहरुले नाराबाजी गरेका थिए। त्यस्तै ज्ञानेन्द्र शाहीले सामाजिक अभियन्ताको नाममा ब्यापारीहरुलाई रुवाएको समेत पाईएको चाह। अहिले चौतर्फी उनीमाथि आक्रमण भएपछि शाहीले आफै प्रहरी गुहारेका छन्।
उनले भनेका छन् त्यसैले होला भिमसेन थापाले सेरिएर मर्नु परो यहि देशमा ,मदन भण्डारी को हत्या भो, राजा बिरेन्द्र को परिवारको बंशनाश भो यहि देशमा ,कोभिडको समयमा आफनो ज्यान को प्रबाह नगरी निशुल्क एम्बुलेन्स सेवा र स्वास्थ सामग्री लिएर लाखौं जनताको ज्यान बचाउदाँ पनि हुने नहुने भिडियो एडिट गरि गरि आरोप खेप्नु प्रने यहि देशमा , आक्रमणकारीले गल्ती स्वीकार गरे पनि नदेख्ने र नसुन्ने केही पत्रकार छन यहि देशमा ,हत्यारा र अपराधी नेता बन्ने यहि देशमा , सायद त्यहि भएर होला यो देशमा केही गर्न सक्ने क्षामतावान दक्ष जनशक्ति युबाहरु रातदिन बिदेश पलाएन भएका छन । मेरा प्रिय मित्र प्रहरीहरु हो आउ मलाई पक्राउ गर र सधै को लागि जेल हाल वा मारिदेउ मलाई बाच्न मन छैन अब ।