रुकुम चौरजहारी

नवलपरासीमा दश लाख बढि मूल्य बराबरको अवैध खसी बरामद

रुकुम आठ विसकोट

नवलपरासी पश्चिम् – नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ४ दरखासेमा नेपाल प्रहरीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको खसीहरु बरामद गरेको छ ।

बिहिवार दिउँसो डेढ बजेको समयमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ४६ वटा ल्याउदै गरेको खसीलाई सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

उक्त खसी मानिसले पैदल डोरीमा बाधी डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखी सोही खसी छाडी मानिस भागेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका खसीहरुलाई आवश्य कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।
रविन्द्र यादव ,