कोरियन भाषा परिक्षामा ४७ जना नक्कली परिक्षार्थि पक्राउ ,,

जेठ २६ – आज भयको कोरियन भाषाको परिक्षा बाट विभिन्न परिक्षा केन्द्र बाट ४७ जना नक्कली परिक्षार्थि पक्राउ परेका छन् , सरकारले सुरु गरेको इपीएस परिक्षाको पहिलो दिन काठमाडौंका १६ परीक्षा केन्द्रमा परीक्षा भएको थियो ।

७ वटा केन्द्रबाट अर्काको परीक्षा दिन राहदानी,प्रवेशपत्र लिई परीक्षा दिइरहेको अवस्थामा ४७ जना पक्राउ परेका हुन् ।

सबैभन्दा धेरै जेभियर स्न्टरनेशनल स्कुल केन्द्रबाट १३ जना र भीएस निकेतन कजेल तिनकुनेबाट ११ जना पक्राउ परेका छन् । टाइम्स इन्टरनेनल कलेजबाट ८ तथा नोबल कलेज र युनिभर्सल कलेजबाट ५-५ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये १ जना महिला छन् ।