रुकुम चौरजहारी

एमाले बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार खाना खान सक्ने अवस्था

रुकुम आठ विसकोट

असर ४ ,काठमान्डौ – नेकपा एमाले बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख बनेको छ । खनालको अहिले दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भईरहेको छ ।

पोष्ट कोभिडको समस्या देखिएपछि उनलाई उपचारको लागि दिल्ली लगीएको थियो। खनालको फोक्सोमा देखिएको पानीको मात्रा घटेको र सामान्य वार्डमा राखिएको छ।

खनालको चिवालयले जनाए अनुसार खनाल अहिले खाना खान सक्ने अवस्थामा भएका छन । स्वाथ्यमा समस्या देखिएपछि काठमान्डौको नर्भिक अस्पतालमा उपचार्रथ भएका खनाललाई चिकित्सकको सल्हामा उपचारको लागि दिल्ली लगीएको हो।