कांग्रेसको निर्णय : विपक्षी गठबन्धनलाई थप मजबुद बनाउँदै अगाडि बढ्छौ
काठमान्डौ – नेपाली काँग्रेसले विपक्षी गठबन्धनलाई थप बलियो बनाउँदै लैजाने निर्णय गरेको छ । विहीबार र शुक्रबार बसको केन्द्रीय कार्यसमिति बैठकले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव खेमा सम्मिलित गठबन्धनको निरन्तरता दिने निर्णय गरेको हो।
यसै गरि बैठकमा काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडि बढ्ने पनि निर्णय गरेको छ ।
बैठकपछि बोल्दै सहमहामन्त्री प्रकाशशरण महतले भने हामी लोकतन्त्र र संविधान जोगाउन चाहन्छौ,त्यसमा जो पार्टीहरू व्यक्तिहरु जोडिन चाहुनुहुन्छ उहाँहरुलाई जोड्दै यसलाई अझ मजबुतका साथ अगाडि बढाउनेछौं ।
त्यस्तै गएको २०७७ चैत २० मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापतिको नेतृत्वमा सरकार बनाउन पहल गरेको थियो। जस अनुरुप देउवाकै नेतृत्वमा सरकार बनाउन विपक्षी गठबन्धनले साथ् दिएका छन्।
अतः गठबन्धनलाई थप मजबुत गराउदै देउवाकै पक्षमा सरकार गठन गर्ने निर्णय भएको छ। देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यस्तै कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने पनि बैठकले निर्णय गरेको छ।