पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोना संक्रमणबाट निधन
असार ६ ,काठमान्डौ – नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको हो।
कोरोना पुष्टि भएपछि बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।बिष्टको भेन्टिलेटरमा उपचार भईरहेको थियो ।
विष्टको निधनप्रति नेपाली काँग्रेस सुर्खेतले दु:ख व्यक्त गरेको छ भने सुर्खेती जनताले आजको दिनलाई कालो दिन समेत भनेका छन् ।